sujim bazar advert

मेरो माइक्रोफाइनान्सद्वारा डस्बिन र कम्प्युटर सहयोग

डबली खबर     माघ २७, २०८२

Sizen Education Consultancy Pvt. Ltd.

mero micro finance donate pc and dustbin to Devighat Jalapa Club Nuwakot
Big Education Consultancy Nuwakot

२७ माघ, नुवाकोट । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देवीघाट जालपा क्लबलाई सहयोग प्रदान गरेको छ।

स्वच्छता प्रवर्द्धन गर्ने उद्देश्यका साथ नुवाकोटस्थित जालपा मन्दिर परिसरमा आयोजित एक समारोहकाबीच कम्पनीले क्लबलाई १६ थान डस्बिन र एक थान कम्प्युटर सेट हस्तान्तरण गरेको हो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले क्लबका अध्यक्ष नवीन चित्रकारलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा प्रमुख कार्यकारी अधिकृत दाहालले मन्दिर वरपरको स्वच्छता कायम गर्नु समाजप्रतिको आस्था र उत्तरदायित्वको प्रतिविम्ब भएको बताए। साथै उनले देवीघाट जालपा क्लबले समाजका हरेक क्षेत्रमा सामाजिक क्रियाकलापमा सक्रिय सहभागिता जनाउँदै निरन्तर सकारात्मक तथा उदाहरणीय कार्य गर्न सफल होस् भनी शुभकामना व्यक्त गरेका छन् ।

समारोहमा संस्थाका कर्मचारी, स्थानीय व्यक्तित्व, क्लबका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top