+
Search

ताजा अपडेट +

पपुलर +

विपद् जोखिम न्यूनीकरण कार्यशाला

Disaster Risk Reduction Workshop
डबली खबर
३ महिना अगाडी

२३ माघ, कालिकास्थान। नेपाल पत्रकार महासंघ रसुवा शाखाको आयोजनामा कालिकास्थानमा शुक्रबार सञ्चारकर्मीहरूका लागि ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन’ सम्बन्धी एक दिवसीय कार्यशाला सम्पन्न भएको छ।

विपद्का समयमा सूचना प्रवाहलाई थप जिम्मेवार र प्रभावकारी बनाउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा नुवाकोट र रसुवा जिल्लाका क्रियाशील पत्रकारहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा विपद पत्रकारिता सञ्जालकी सचिव देवी सापकोटाले विपद्को बेला मानवीय समवेदना र पत्रकारिता आचारसंहिताको पूर्ण पालना गर्दै तथ्यपरक समाचार सम्प्रेषणमा जोड दिनुपर्ने बताईन् । उनले हाल सञ्चारमाध्यमहरूमा कार्यक्रम केन्द्रित समाचारले बढी प्राथमिकता पाइरहेकोमा दुःख व्यक्त गर्दै अबका समाचारहरू विपद्का वास्तविक जोखिम र नागरिकको सुरक्षामा केन्द्रित हुनुपर्ने धारणा राखिन् ।

कार्यशालामा मौसम पूर्वानुमान, पूर्वकार्यको अवधारणा र विपद् संवेदनशील सामाजिक सुरक्षा लगायतका विषयमा गहन प्रस्तुतीकरण र छलफल गरिएको थियो।

सहभागी सञ्चारकर्मीहरूलाई विपद्का घटना हुनुअगावै प्राप्त हुने सूचनालाई कसरी सर्वसाधारणसम्म पुर्‍याउने र घटनापश्चात् कसरी संवेदनशीलता अपनाउने भन्ने विषयमा प्रष्ट पारिएको थियो ।

कार्यक्रमलाई प्रतिबद्ध, विपद् पत्रकारिता सञ्जाल, सामुदायिक आत्मनिर्भरता केन्द्र, युरोपियन युनियन, पिपुल इन निड, एसडब्लुएन र सेभ द चिल्ड्रेनले प्राविधिक सहकार्य गरेका थिए ।

कार्यशालाले रसुवा जस्तो विपद्को जोखिम रहेको जिल्लामा कार्यरत पत्रकारहरूको कार्यक्षमता अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको महासंघका अध्यक्ष केशवप्रसाद पौडेलले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ