+
Search

ताजा अपडेट +

पपुलर +

हत्याको अभियोगमा दुई जना पक्राउ

death body
डबली खबर
३ महिना अगाडी

२३ माघ, नुवाकोट । बेलकोटगढी नगरपालिका वडा नं. ९ सिउरेनीमा एक व्यक्तिको विभत्स हत्या गरी शव लुकाएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

स्थानीय ४४ वर्षीय सन्तबहादुर तामाङको शव हिजो बिहीबार माघ २२ गते दिउँसो शंकास्पद रूपमा जमिनमुनि गाडिएको अवस्थामा फेला परेपछि जिल्ला प्रहरी कार्यालय नुवाकोटले अनुसन्धान अघि बढाएको प्रहरी नायव उपरीक्षक विक्रम लामाले जानकारी दिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार माघ २१ गते बुधबार राति करिब ८ बजेर ३० मिनेटतिर स्थानीय ३५ वर्षीय शेषमान तामाङ (पुलिस) को घरभित्र खुकुरी र चिर्पटले प्रहार गरी सन्त बहादुरको हत्या गरिएको खुलेको छ।

हत्यापछि शव लुकाउने उद्देश्यले घर नजिकैको मलखादमा खाडल खनेर पुरिएको अवस्थामा विशेषज्ञ टोली र ‘डग ह्यान्डलिङ’ को सहयोगमा शव उत्खनन गरिएको प्रहरी नायव उपरीक्षक लामाले जानकारी दिए।

उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले शेषमान तामाङ र ३३ वर्षीय शिव तामाङ (मैते) लाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक लामाले जानकारी दिए।

पक्राउ परेका दुवै जनालाई कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धानका लागि नुवाकोट जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी हिरासतमा राखिएको प्रहरी नायव उपरीक्षक विक्रम लामाले जानकारी दिए।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ