sujim bazar advert

निर्वाचन सुरक्षार्थ नुवाकोटमा सेना परिचालन

डबली खबर     माघ २१, २०८२

Sizen Education Consultancy Pvt. Ltd.

nepal army operation for election of parliament Nepal
Big Education Consultancy Nuwakot
global ime bank flash loan

२१ माघ, विदुर । आगामी फागुन २१ गते हुने पहिलो प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षार्थ नेपाली सेना आज बुधबारदेखि परिचालन भएको छ।

एकीकृत निर्वाचन सुरक्षा योजना-२०८२, मध्य पृतना मुख्यालय र ६ नम्बर बाहिनी अड्डा र जिल्ला सुरक्षा समितिबाट प्राप्त कार्यविधिअनुसार सेना परिचालन गरिएको शेर गणका प्रमुख आविष्कार ढुंगानाले जानकारी दिए । निर्वाचनको ठिक एक महिना अघिदेखि नुवाकोटमा पनि सेना मैदानमा खटाईएको उनले जानकारी दिए ।

“प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, भयरहित वातावरणमा सम्पन्‍न गर्न फौज परिचालन भएको हो ।”, उनले भने “निर्वाचन क्षेत्रअनुसार मतदानस्थलहरुको भौगोलिक विकटता संवेदनशिलता साथै तत्कालीन रुपमा विकसित हुँदै जाने विभिन्न घटनाक्रम तथा गतिविधिहरुको आँकलन तथा मुल्याङ्कन गर्दै क्रमिक रुपमा जिल्लाभर १५० भन्दा बढी स्थानमा नेपाली सेना परिचालन तथा तैनाथ रहने छ ।”

नुवाकोटमा निर्वाचन लक्षित सुरक्षा अभ्यास

यसैगरी अन्य सुरक्षा निकायहरुसँग समेत समन्वय गर्दै आम जनमानसमा सुरक्षाको प्रत्याभुति दिलाउन नेपाली सेना आजदेखि निर्वाचनको नतिजा प्रकाशित नहुँदासम्म परिचालन रहने उनले बताए ।

२१ फागुनको निर्वाचनका लागि नुवाकोटमा एक सय ३२ मतदानस्थल तोकिएकामा ५२ मतदानस्थललाई सुरक्षा चुनौतीका दृष्टिले अति संवेदनशील मानिएको छ ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top