२ माघ, नुवाकोट । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन व्यवस्थापन तथा सञ्चालनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।
आज शुक्रबार मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यले एक विशेष समारोहका बीच कार्यालयको उद्घाटन गरेका हुन् ।
कार्यालय सञ्चालनसँगै निर्वाचन प्रक्रियालाई पारदर्शी, निष्पक्ष तथा व्यवस्थित रूपमा सम्पन्न गर्न आवश्यक सबै तयारी सुरु भएको जनाएको छ।
उद्घाटन समारोहमा मुख्य निर्वाचन अधिकृत आचार्यले निर्वाचनलाई सफल बनाउन राजनीतिक दल, सुरक्षा निकाय, स्थानीय प्रशासन, नागरिक समाज तथा सम्पूर्ण सरोकारवालाहरूबाट पूर्ण सहयोग तथा सहकार्यको अपेक्षा गरेका छन् ।
कार्यालयले जिल्लामा निर्वाचनसम्बन्धी सबै गतिविधि समन्वय, निर्वाचन सामग्री व्यवस्थापन, मतदाता शिक्षा तथा अन्य आवश्यक कार्यहरू सम्पादन गर्नेछ। निर्वाचन आयोगको निर्देशनअनुसार समयमै निर्वाचन प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।
यसैगरी, तादी गाउँपालिकाको खरानीटारमा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ निर्वाचन अधिकृतको कार्यालय पनि स्थापना गरिएको छ ।




















प्रतिक्रिया