sujim bazar advert

शिखर इन्स्योरेन्सद्वारा ट्रस्ट हस्तान्तरण

डबली खबर     माघ १९, २०८२

Sizen Education Consultancy Pvt. Ltd.

shikhar insurance community park handover1
Big Education Consultancy Nuwakot
global ime bank flash loan

१९ माघ, नुवाकोट । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वनदेवी सामुदायिक पार्कमा नवनिर्मित ट्रस्ट हस्तान्तरण गरेको छ।

पार्कमा आउने सर्वसाधारणहरूको सहजताका लागि पूर्वाधार विकासमा सहयोग पुर्‍याउने उद्देश्यले कम्पनीले उक्त संरचना निर्माण गरिएको कम्पनीको नुवाकोट शाखा प्रबन्धक सुरेन्द्र राईले जानकारी दिए।

एक औपचारिक कार्यक्रमका बीच शिखर इन्स्योरेन्सका बागमती प्रदेश प्रमुख सन्तोष पाण्डेको उपस्थितिमा पार्कका अध्यक्ष सुमन श्रेष्ठलाई सो ट्रस्ट हस्तान्तरण गरेका हुन् ।

व्यवसायिक सफलतासँगै सामाजिक सेवाका क्षेत्रमा पनि सक्रिय योगदान पुर्‍याउने कम्पनीको नीतिअनुरूप पार्कको सौन्दर्यीकरण र नागरिकको सहजताका लागि यो कार्य गरिएको शाखा प्रबन्धक राईले जानकारी दिए । उनले पार्कमा आवश्यक थप सहयोग समेत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

नवनिर्मित ट्रस्टले पार्कमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरूलाई घाम र पानीबाट ओत लाग्न तथा आराम गर्न ठूलो सहयोग पुग्ने विश्वास लिइएको छ।

हस्तान्तरण कार्यक्रममा पार्क व्यवस्थापन समितिका पदाधिकारी, स्थानीयको उपस्थिति रहेको थियो।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top