sujim bazar advert

‘किओस्क’बाटै बैंक खाता खोल्ने सुविधा

डबली खबर     माघ १५, २०८२

Sizen Education Consultancy Pvt. Ltd.

KIOSK Account Opening
Big Education Consultancy Nuwakot
global ime bank flash loan

१५ माघ, नुवाकोट । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई सरल, सहज र अत्याधुनिक बैंकिङ्ग प्रदान गर्ने उद्देश्यले ग्राहक स्वयंले बैंकको शाखा कार्यालयमा रहेको ‘किओस्क’ उपकरणबाट बैंक खाता खोल्न सक्ने सुविधा सार्वजनिक गरेको छ ।

बैंकले आफ्नो १९औं वार्षिककोत्सवको अवसर पारेर उक्त उपकरणबाटै खाता खोल्न सकिने सुविधा ल्याएको हो ।

बैंकमा खाता खोल्नको लागि ग्राहकहरुले बैंकको काठमाडौंको कमलादीस्थित शाखा कार्यालयमा रहेको ‘किओस्क’बाटै सहज रुपमा आफ्नो बैंक खाता खोल्न सक्नेछन् ।

यसरी खाता खोल्नेक्रममा सम्पूर्ण विवरणहरु ‘किओस्क’मार्फत् प्रदान गर्नुपर्नेछ । तत्पश्चात्, आवश्यक कागजातहरु प्रविष्ट गरी खाता नम्बर उपलब्ध गराइनेछ । हालका लागि यो सेवा बैंकको कमलादीमा रहेको ‘डिजिटल युनिभर्स’बाट मात्र उपलब्ध रहेको छ ।

यसअघि, बैंकले बैंकको कमलादीस्थित शाखामा रहेको ‘डिजिटल युनिभर्स’ मार्फत् उपकरणबाटै नगद र चेक जम्मा जस्ता सेवाहरु उपलब्ध गराइरहेको थियो ।

भविष्यमा यस्ता सेवालाई बैंकले अरु स्थानमा पनि विस्तार गर्दै जाने योजना राखेको जनाएको छ ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top