+
Search

ताजा अपडेट +

पपुलर +

व्यवसाय सञ्चालनमा सुरक्षाको अपरिहार्यता: नुवाकोट प्रहरी प्रमुखको जोड

डबली खबर
२ महिना अगाडी

१३ माघ, विदुर । नुवाकोटका प्रहरी प्रमुख बिपिन रेग्मीले व्यवसाय सञ्चालन तथा विस्तारमा सुरक्षाको महत्त्वलाई जोड दिएका छन् ।

नुवाकोट उद्योग वाणिज्य सङ्घद्वारा आयोजित स्वागत कार्यक्रममा प्रहरी प्रमुख रेग्मीले उक्त धारणा राखेका हुन्। प्रहरी प्रमुख रेग्मीका अनुसार, सुरक्षाबिना कुनै पनि व्यवसायीले आफ्नो व्यवसाय निर्भयतापूर्वक सञ्चालन गर्न सक्दैनन्।

“व्यवसायीहरूले सुरक्षाको वातावरण नभएका खण्डमा आफ्नो गतिविधि तथा व्यवसाय सञ्चालन गर्न निकै कठिन हुन्छ,” प्रहरी प्रमुख रेग्मीले भने, “सुरक्षा नै व्यवसायको आधार हो। यसबिना व्यवसाय फस्टाउन सक्दैन र यसले धेरै समस्याहरू निम्त्याउँछ।”

प्रहरी प्रमुख रेग्मीले व्यवसायले समाजमा रोजगारी सिर्जना गर्ने, आर्थिक गतिविधि बढाउने तथा राज्यको राजस्वमा योगदान पुर्‍याउने बताउँदै यस क्षेत्रलाई प्रोत्साहन दिन प्रहरी सधैं तयार रहेको उल्लेख गरे । प्रहरी प्रमुख रेग्मीले व्यवसायीहरूसँग हातेमालो गरी काम गर्न प्रहरी प्रतिबद्ध रहेको र कुनै पनि सुरक्षा समस्या वा सहयोगका लागि २४ घण्टा उपलब्ध हुने जानकारी दिए ।

“व्यवसायीहरूको सुरक्षा हाम्रो प्राथमिकता हो। उहाँहरूले निर्भीक भएर व्यवसाय सञ्चालन गर्न सक्ने वातावरण बनाउन प्रहरी सधैं साथमा छ,” प्रहरी प्रमुख रेग्मीलेले भने ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ