२३ पुस, नुवाकोट । पृथ्वीनारायण शाहकालीन एकीकरण मार्गको पहिचानमा गर्दै नेपाली सेनाले गोरखादेखि सुरु गरेको एकीकरण पदयात्राको ‘टर्च’ धादिङ हुदैं आज नुवाकोट आईपुगेको छ ।
पञ्चेबाजा, ब्याण्डबाजा बजाउँदै नुवाकोट र धादिङको सिमाना भर्याङभुरुङ पुलमा ‘टर्च’ र झण्डा धादिङबाट ल्याएका भैरव गणले नुवाकोटस्थित नेपाली सेनाको शेरगणको टोलीलाई हस्तान्तरण गरेका हुन् ।
बुधबार एक कार्यक्रमकाबीच पदयात्रालाई म्यागङ गाउँपालिकाका अध्यक्ष आशाबहादुर तामाङ, उपाध्यक्ष सिता तामाङलगायतले सैनिक टोलीलाई स्वागत गरेको छ ।
पदयात्रा टोली साँझ विदुर नगरपालिकाको शुभघाट आएर बस्ने प्रमुख सेनानी अशोककुमार मल्लले जानकारी दिए । भोलि पुस २४ गते बिहान नुवाकोट दरबार क्षेत्रमा एक कार्यक्रमकाबीच नुवाकोटबाट ककनीसम्मको लागि विदा गरिने उनले जानकारी दिए ।
यस्तै, पुस २५ गते ककनी गाउँपालिकाको चतुराले र पुस २६ गते शनिबार काठमाडौँस्थित भैरवी गणलाई टर्च र झण्डा हस्तान्तरण गरिने छ।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा नेपाली सेनाले २०७६ देखि पदयात्रा सुरु गरेको हो ।




















प्रतिक्रिया