+
Search

ताजा अपडेट +

पपुलर +

तेस्रो खोलेगाउँ महोत्सव पुस ३० मा

third Kholegaun Mahotsav 2082
डबली खबर
३ महिना अगाडी

२० पुस, नुवाकोट । स्थानीय उत्पादनको प्रवर्द्धन, मौलिक कला तथा संस्कृतिको संरक्षण र पर्यटन विकासलाई टेवा पुर्‍याउने उद्देश्यका साथ तेस्रो खोलेगाउँ महोत्सव यहि पुस ३० गते खोलेगाउँमा आयोजना हुने भएको छ।

शिवपुरी गाउँपालिका–६ स्थित खोलेगाउँमा हुने महोत्सवमा स्थानीय कृषि तथा हस्तकलाजन्य उत्पादनहरूको प्रदर्शनी तथा बिक्री वितरण गरिनेछ ।

आयोजक समितिका वडा अध्यक्ष विष्णु श्रेष्ठका अनुसार खोलेगाउँ महोत्सवले स्थानीय उत्पादनको बजार विस्तार गर्नुका साथै कलाकारहरूलाई प्रोत्साहन गर्न महत्वपूर्ण भूमिका खेल्नेछ।

वडा सदस्य कमल लामा (नुवाकोटे टाइगर)ले यस वर्षको महोत्सवमा सांस्कृतिक प्रस्तुति प्रमुख आकर्षणको रूपमा रहने बताए।

महोत्सवमा कलाकारहरूको सहभागितामा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने आयोजकले जनाएको छ।

कला–संस्कृतिको जगेर्नालाई प्राथमिकतामा राखेर आयोजना गरिने यस महोत्सवलाई स्थानीय पहिचान झल्किने साझा मञ्चका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।

महोत्सवले किसान, स्थानीय उद्यमी र कलाकारलाई प्रोत्साहन गर्ने, साथै नुवाकोटको पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। कृषि, व्यापार, संस्कृति र पर्यटनलाई एउटै मञ्चमा जोड्ने यो सामुदायिक पहलले नुवाकोटको मौलिकता र सम्भावनालाई उजागर गर्ने आयोजकको विश्वास रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ