sujim bazar advert

डिजिटल साक्षरता तालिम

डबली खबर     पुस २०, २०८२

Sizen Education Consultancy Pvt. Ltd.

Diprox Bank
Big Education Consultancy Nuwakot
global ime bank flash loan

२० पुस, काठमाडौं । डिप्रोक्स र ईसेवाको आयोजनामा वित्तीय तथा डिजिटल साक्षरता र ईसेवामार्फत इएमआई भुक्तानी सम्बन्धी एक दिने तालिम भएको छ ।

उक्त तालिमको उद्देश्य सदस्यहरूमा वित्तीय तथा डिजिटल सचेतना अभिवृद्धि गर्नु, सुरक्षित र भरपर्दो डिजिटल कारोबार प्रवर्द्धन गर्नु तथा ईसेवा मार्फत सहज रूपमा इएमआई भुक्तानी गर्न सदस्यहरूलाई प्रोत्साहन गर्नु भएको कम्पनीले जनाएको छ ।

समयमै इएमआई भुक्तानी गर्ने बानीको विकास गर्दै डिजिटल वित्तीय सेवाको प्रयोग मार्फत वित्तीय अनुशासनलाई सुदृढ बनाउने विषयमा पनि विशेष ध्यान दिएको लघुवित्तको भनाई छ ।

तालिम डिप्रोक्स लघुवित्त वित्तीय संस्थाका १०० जना भन्दा बढी सदस्यहरूलाई वीरगन्ज, पर्सामा दिइएको हो ।

सदस्यहरूले डिजिटल भुक्तानी प्रणालीको प्रयोग, सुरक्षा सावधानी तथा वित्तीय व्यवस्थापन सम्बन्धी महत्त्वपूर्ण जानकारीले आफूहरूलाई वित्तीय व्यवस्थापनमा सकारात्मक सोच प्राप्त भएको र सोही अनुरूप डिजिटल वित्तीय सेवा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top