+
Search

ताजा अपडेट +

पपुलर +

नियात्रा सङ्ग्रह कैलाश कोराको परिचर्चा

kailash kora travel book
डबली खबर
४ महिना अगाडी

१३ पुस, नुवाकोट । भैरवी माध्यमिक विद्यालयमा राजेन्द्रमान डङ्गोलकृत बहुचर्चित नियात्रा सङ्ग्रह कैलाश कोराको परिचर्चा गरिएको छ।

कार्यक्रममा पूर्व सचिव तथा पूर्व गभर्नर दीपेन्द्र पुरुष ढकाल, आख्यानकार उमा सुवेदी, लोमश वाङ्मय प्रतिष्ठानका अध्यक्ष माधव घिमिरे ‘अटल’, नेपाल पर्वतारोहण सङ्घका उपाध्यक्ष बोधराज भण्डारी, पर्यटन व्यवसायी तथा टानका पूर्व अध्यक्ष ज्योति अधिकारीलगायतले साहित्य, पर्यटन र सञ्चार क्षेत्रका विशिष्ट व्यक्तित्वहरूले बहुचर्चित कृतिको उच्च प्रशंसा गरेका थिए ।

कृतिकार राजेन्द्रमान डङ्गोलले गत असोजमा विमोचन गरिएको पुस्तकमा पनि कमी र कमजोरी रहेको भन्दै पछिका कृतिहरुमा सुधार गर्दै लगिने बताए । पुस्तकमा कैलाश मानसरोवर यात्राको यथार्थ शब्दचित्र समेटिएको छ।

वक्ताहरूले ‘कैलाश कोरा’ तथ्य, अनुभूति र काव्यिक प्रस्तुतीकरणको उत्कृष्ट संयोजन भएको उल्लेख गर्दै यसलाई समकालीन नेपाली नियात्रा साहित्यको महत्वपूर्ण उपलब्धि मानेका छन्।

‘कैलाश कोरा’ पुस्तक १ सय ५८ पृष्ठको छ र यसको मूल्य ३ सय ९५ रुपैयाँ रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ