+
Search

ताजा अपडेट +

पपुलर +

होटल वाटर टावरमा नयाँ वर्ष २०२६ स्वागत कार्यक्रम आयोजना हुँदै

डबली खबर
८ महिना अगाडी

११ पुस, विदुर । नुवाकोटको बट्टारस्थित होटल वाटर टावरले अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा विशेष सांगीतिक तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्ने भएको छ। यही आउँदो पुस १६ गते अर्थात् डिसेम्बर ३१ गते साँझ ६ बजेदेखि सुरु हुने उक्त कार्यक्रम नयाँ वर्षलाई उल्लासपूर्ण वातावरणमा स्वागत गर्ने उद्देश्यले आयोजना गर्न लागिएको हो।

कार्यक्रमका मुख्य आकर्षणमा ‘लाइभ म्युजिक’, डीजेसहितको नृत्य तथा मनोरञ्जन, ‘क्याम्प फायर’को न्यानोपन र ‘सेल्फ–बीबीक्यू’ अनुभव समावेश गरिएको छ। पारिवारिक तथा मित्रजनसँग रमाइलो गर्दै नयाँ वर्ष मनाउन चाहनेका लागि यो कार्यक्रम विशेष रूपमा लक्षित गरिएको आयोजकले जनाएको छ।

यसका साथै सहभागीहरूका लागि आकर्षक ‘लक्की ड्र’ योजना पनि राखिएको छ। खानेकुरामा एक हजार रुपैयाँ खर्च गर्दा एक कुपन प्राप्त हुने र तीन जना भाग्यशाली विजेतालाई पुरस्कार प्रदान गरिनेछ।

लक्की ड्र अन्तर्गत प्रथम पुरस्कारमा स्वीट रुमसहित खाना, दोस्रो पुरस्कारमा डिलक्स रुमसहित खाना तथा तेस्रो पुरस्कारमा ट्विन रुमसहित खानाको व्यवस्था गरिएको छ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ