६ पुस, नुवाकोट । दुप्चेश्वर गाउँपालिकाको समन्वयमा रुडेक नेपालद्वारा आयोजित धामी–झाँक्रीलक्षित स्वास्थ्यसम्बन्धी दुईदिने तालिम भएको छ।
पुस ५ र ६ गते भएको तालिममा गाउँपालिकाभित्र सक्रिय रूपमा कार्यरत धामी–झाँक्रीहरूको सहभागिता रहेको थियो।
तालिमको मुख्य उद्देश्य परम्परागत उपचार पद्धतिमा संलग्न धामी–झाँक्रीहरूलाई आधारभूत स्वास्थ्यसम्बन्धी ज्ञान, सुरक्षित उपचार अभ्यास तथा जटिल वा जोखिमपूर्ण अवस्थाहरूमा समयमै स्वास्थ्य संस्थामा रिफर गर्ने विषयमा सचेत गराउनु रहेको थियो।
तालिम समापन कार्यक्रममा दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष शंकर थापाले परम्परागत विश्वास र आधुनिक स्वास्थ्य सेवाबीच सहकार्य र समन्वय आवश्यक रहेको उल्लेख गर्दै यस्ता तालिमले समुदायस्तरमा स्वास्थ्य सेवा पहुँच र गुणस्तर सुधारमा सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
तालिम गुडनेइवर्स इन्टरनेसनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालन गरिएको हो।

प्रतिक्रिया