+
Search

ताजा अपडेट +

पपुलर +

वैदिक सनातन कर्मकाण्ड कार्यालयको उद्घाटन

डबली खबर
८ महिना अगाडी

५ पुस, नुवाकोट । विन्द्वचलधाम–छहरे दोभानमा स्थापित ॐ वैदिक सनातन कर्मकाण्ड सेवा संस्थाको कार्यालयको उद्घाटन गरिएको छ।

लिखु गाउँपालिका, शिवपुरी गाउँपालिका र पञ्चकन्या गाउँपालिकाको संगमस्थलमा रहेको संस्थाको भवनको नेकपा (एमाले) नुवाकोटका अध्यक्ष एवं पूर्वमन्त्री बद्री मैनालीले उद्घाटन गरेका हुन् ।

संस्थाका अध्यक्ष बालकृष्ण (कृष्ण) कोइरालाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विशेष अतिथिका रूपमा नेकपा (एमाले) क्षेत्र नं. १ का क्षेत्रीय अध्यक्ष सुशीलकुमार खड्का, सनातन धर्म बागमती प्रदेश अध्यक्ष बासुदेव थपलियाको उपस्थिति रहेको थियो।

कार्यक्रममा वैदिक सनातन धर्म, संस्कार संरक्षण तथा सामाजिक सद्भाव प्रवर्द्धनमा संस्थाले खेल्ने भूमिकाबारे चर्चा गरिएको थियो।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ