+
Search

ताजा अपडेट +

पपुलर +

शिवम् सिमेन्टद्वारा १०४ जना विद्यार्थीलाई छात्रावृत्ति प्रदान

Shivam cement scholarship
डबली खबर
४ महिना अगाडी

२४ मङ्सिर, काठमाडौं । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुको संख्या घट्दै गएको पृष्ठभूमिलाई मध्यनजर गर्दै हेटौंडामा रहेको शिवम् सिमेन्टले छात्रालक्षित छात्रावृत्ति प्रदान गरेको छ।

कम्पनीले हेटौंडा–१७ हटियास्थित उद्योग प्रभावित क्षेत्रभित्र रहेको लक्ष्मी आधारभूत विद्यालयमा अध्ययनरत एक सय चार जना छात्रा विद्यार्थीका लागि चालु शैक्षिक सत्रको लागि उक्त छात्रवृत्ति प्रदान गरेको हो।

विद्यालय सञ्चालनका लागि विद्यार्थीबाट लिइँदै आएको आठ महिनाको शुल्कबापत हुन आउने रकम मंगलबार विद्यालय परिसरमा आयोजित औपचारिक कार्यक्रममा हस्तान्तरण गरिएको थियो।

उक्त कार्यक्रम १७ नं. वडा जनप्रतिनिधि, शिवम् सिमेन्टका प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्रध्यानाध्यापकलगायतको उपस्थितिमा छात्रवृत्ति हस्तान्तरण गरिएको हो।

कम्पनीले विद्यालयमा अध्ययनरत कक्षा १ देखि ८ सम्मका छात्राका लागि छात्रवृत्तिको व्यवस्था गरेको जनाएको छ। उक्त छात्रवृत्तिले छात्राहरुको मनोबल उच्च हुनुका साथै विद्यालयमा छात्रा उपस्थितिमा वृद्धि हुने विश्वास लिइएको छ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक यदुदेव उपाध्याय सिग्देलले छात्रा शिक्षामा सहयोग पुर्याएकोमा शिवम् सिमेन्टप्रति धन्यवाद व्यक्त गर्दै यस किसिमको सहकार्यले सामुदायिक विद्यालयको शैक्षिक वातावरण सुधार गर्न मद्दत पुग्ने बताए। साथै, उद्योग सन् २०६८ सालमा स्थापना भएदेखि विद्यालयसँग सहकार्य गर्दै आएको उल्लेख गर्दै आगामी शैक्षिक सत्रदेखि पूर्ण छात्रवृत्तिको व्यवस्थाग रिदिन आग्रह पनि गरे।

यसअघि पनि शिवम् सिमेन्टले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयमा कम्पाउन्ड वाल निर्माण, स्कुल बसको व्यवस्थातथा कम्प्युटर–प्रिन्टरलगायतका शैक्षिक सामग्री सहयोग गर्दै आएको जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ