sujim bazar advert

विदुर नगरपालिकामा लैङ्गिक हिंसाका ५० उजुरी

डबली खबर     मंसिर २४, २०८२

Sizen Education Consultancy Pvt. Ltd.

gender violence data of bidur municipality Nuwakot
Big Education Consultancy Nuwakot
global ime bank flash loan

२४ मङ्सिर, नुवाकोट – “प्रविधिको सही प्रयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौँ” भन्ने मूल नाराका साथ लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान यसवर्ष आजदेखि औपचारिक रूपमा अन्त्य भएको छ। डिसेम्बर १० सम्म सञ्चालन हुने यस अभियानले सभ्य र समतामूलक समाज निर्माण गर्ने संवैधानिक लक्ष्यलाई साकार पार्ने संकल्प लिएको थियो ।

विदुर नगरपालिकाले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कले समाजमा चेतना र कानुनी प्रबन्ध बढ्दा पनि हिंसाको प्रकोप कायमै रहेको देखाएको छ।

आर्थिक वर्ष २०८२/८३ को मङ्सिर महिना अवधिमा विदुर नगरपालिकामा मात्रै हिंसाको उजुरी लिएर आउने पीडितको सङ्ख्या ५० पुगेको उपप्रमुख प्रभा बोगटीले जानकारी दिईन् । जसमा ३८ जना महिला, ६ जना बालबालिका र ६ जना पुरुष रहेका छन्। यी तथ्याङ्कले हिंसा अब केवल महिलामा मात्र सीमित नरही सबै वर्गलाई प्रभावित गरिरहेको स्पष्ट पारेको देखिएको छ ।

“हिंसा भनेको अब केवल शारीरिक कुटपिट मात्र रहेन। अहिले यो झन् गहिरो गरी मनोवैज्ञानिक दबाब, चरित्र हत्या, सामाजिक बहिष्कार र अनलाइन दुर्व्यवहार (डिजिटल हिंसा) को रूपमा प्रकट भइरहेको छ,” उपप्रमुख बोगटीले बताईन् ।

समाजमा व्याप्त पितृसत्तात्मक सोच, आर्थिक असमानता, मदिराको दुरुपयोग र सामाजिक बदनामीको डरलाई तोड्न यो अभियान महत्त्वपूर्ण हुने उपप्रमुख बोगटीले बताईन्। विदुर नगरपालिकाले पीडितहरूलाई कानुनी सहायता, मनोपरामर्श र आर्थिक सबलीकरणमा सहयोग गर्दै आएको छ।

अधिकांश पीडितहरू आफ्नै घरपरिवार, नातागोता र आफन्तहरूबाटै प्रताडित हुनुपरेको पाइएको छ, जसले पारिवारिक संरचनाभित्रको पितृसत्तात्मक मानसिकता र आर्थिक परनिर्भरतालाई हिंसाको मुख्य कारकको रूपमा औँल्याउँछ।

यस वर्षको १६ दिने अभियानमा सामाजिक जागरणको सन्देश टोल-टोलमा पुर्‍याउन नगरपालिकाका १३ वटै वडाहरुका विभिन्न स्थानहरूमा सचेतनामूलक कार्यक्रमहरू गरिएका थिए ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top