+
Search

ताजा अपडेट +

पपुलर +

पञ्चकन्यामा ‘घलेगाउँ सांस्कृतिक भवन’ उद्घाटन

डबली खबर
६ महिना अगाडी

७ मङ्सिर, नुवाकोट । नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नं. ३ स्थित घलेगाउँमा नवनिर्मित ‘घलेगाउँ सांस्कृतिक भवन’ को आज एक भव्य समारोहका बीच उद्घाटन गरिएको छ।

उक्त भवनको उद्घाटन पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका संयोजक कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरेका हुन् ।

उक्त भवन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट विनियोजित बजेटद्वारा निर्माण गरिएको जनाएको छ ।

आर्थिक वर्ष २०८१/८२ को वार्षिक विकास कार्यक्रम अन्तर्गत ६३ लाख रुपैँया विनियोजन गरी उक्त भवन निर्माण सम्पन्न गरिएको हो।

स्थानीय संस्कृति र परम्पराको जगेर्ना गर्ने उद्देश्यले ‘घलेगाउ सांस्कृतिक केन्द्र’ को पहलमा यो भवन निर्माण गरिएको हो।

भवनको उद्घाटनसँगै स्थानीयस्तरमा सांस्कृतिक कार्यक्रम तथा सामुदायिक भेलाहरू सञ्चालन गर्न सहज हुने विश्वास लिइएको छ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ