+
Search

ताजा अपडेट +

पपुलर +

स्थानीय उत्पादनको प्रदर्शनी हुँदै

gharelu office nuwakot
डबली खबर
५ महिना अगाडी

४ मङ्सिर, नुवाकोट। उद्योग दिवसको अवसरमा नुवाकोटमा जिल्लास्तरीय औद्योगिक प्रदर्शनी हुने भएको छ।

उद्योग तथा वाणिज्य कार्यालय, नुवाकोटले ११औँ उद्योग दिवसको असवरमा यहि मङ्सिर ११ देखि १३ गतेसम्म विदुरमा रहेको कार्यालयको प्राङ्गण गर्न लागेको जानकारी दिएको हो ।

आज एक सूचना जारी गर्दै यो प्रदर्शनीको मुख्य उद्देश्य जिल्लाभित्रका स्थानीय उत्पादनहरूलाई प्रदर्शन गर्नु जनाएको छ।

कार्यालयले नुवाकोट जिल्लाका आफ्नो उत्पादनहरूलाई उक्त औद्योगिक प्रदर्शनी मेलामा प्रदर्शन गर्न इच्छुक सम्पूर्ण उद्यमीहरूलाई कार्यालय समयभित्र सम्पर्क गर्न आह्वान गरेको छ।

यस कार्यालयले जिल्लाको उद्योग र वाणिज्य प्रवर्द्धन गर्ने यो महत्त्वपूर्ण प्रदर्शनीको अवलोकन गर्न जिल्लावासी एवम् सम्पूर्ण सरोकारवालाहरूमा अनुरोध गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ