+
Search

ताजा अपडेट +

पपुलर +

प्रमुख अतिथिलाई ‘एक डालो मास’

daal token to chandra prasad dhakal
डबली खबर
५ महिना अगाडी

२८ कात्तिक, धादिङ । धादिङ जिल्ला उद्योग वाणिज्य सङ्घले नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई एक डालो मास कोसेली पठाएको छ ।

बिहीबार आयोजित सङ्घको ३२औं वार्षिक साधारणसभामा सङ्घका अध्यक्ष रामकुमार डल्लाकोटीले कार्यक्रमका प्रमुख अतिथि महासङ्घका अध्यक्ष ढकाललाई उपहारस्वरुप धादिङ जिल्लाको रैथाने उत्पादनलाई ‘मायाको चिनो’ अर्थात् कोसेलीका रूपमापठाईएको हो ।

अध्यक्ष ढकालले यस्तो उपहारले प्लास्टिकजन्य सामग्रीबाट बन्ने झोला आदिका ठाउँमा चोयाको डालीले काम गर्ने र नेपालमा प्लास्टिकका वस्तुहरुले स्थानीय बाँस, निगालोको चोयाबाट बन्ने डाली, डोका आदि सामग्रीहरु विस्थापित भइरहेका बेला तिनको प्रयोग र संरक्षणको सन्देश पनि डालीले दिन सक्ने बताए ।

कार्यक्रमहरुमा मायाको चिनोका रुपमा प्रायः आयातित वस्तु तथा सजावटका समान दिने प्रचलन रहँदै आएकामा सङ्घले भने स्थानीय उत्पादनलाई प्राथमिकता दिन, मुलुकका उद्योगी व्यवसायीहरुका नेता ढकालमार्फत् आफ्नो स्थानीय उत्पादनको प्रवर्धन गर्न तथा धादिङको मासको देशव्यापी प्रचार गर्न यो उपहार दिएको अध्यक्ष डल्लाकोटीले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ