+
Search

ताजा अपडेट +

पपुलर +

माउन्टेन इनर्जीको खुदनाफा ३८.६७ प्रतिशतले बढ्यो

logo of mountain energy nepal
डबली खबर
६ महिना अगाडी

२८ कात्तिक, नुवाकोट । माउन्टेन इनर्जी नेपाल लिमिटेडको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा खुद नाफा ३८.६७ प्रतिशतले बढेको छ।

कम्पनीले उक्त अवधिमा ४२ करोड ३४ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ३० करोड ५३ लाख ९३ हजार रुपैयाँ थियो।

यस अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ६१ करोड ३५ लाख ५९ हजार रुपैयाँ आम्दानी गरेको छ। जुन अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा २३.७० प्रतिशत बढी हो ।

अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ४९ करोड ६० लाख १९ हजार रुपैयाँ थियो । कम्पनीले ४२ मेगावाटको मिस्ट्री खोला र ५ मेगावाटको तादीखोला आयोजनाबाट नियमित विद्युत उत्पादन गरिरहेको छ।

यस अवधिमा कम्पनीले बीमा दाबीको ९ लाख रुपैयाँ पनि प्राप्त गरेको छ। कम्पनीको संचालन मुनाफा ३७ करोड ६५ लाखबाट बढेर ४७ करोड १६ लाख पुगेको छ । कम्पनीको कर अगाडीको नाफा भने ४३ करोड ४७ लाख रहेको छ।

यस अवधिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब ६० करोड २७ लाख रहेको छ। कम्पनीको रिटेन अर्निंङ १ अर्ब ७६  करोड रहेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब २६ करोड ३२ लाख थियो।

कम्पनीले आर्थिक वर्ष २०८०/८१ बाट १५ प्रतिशत बोनस शेयर वितरण गरेपछि चुक्ता पुँजी बढेको हो । कम्पनीले हालै मात्र आर्थिक वर्ष २०८१/८२ को लागि २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

यस अवधिमा कम्पनीको वार्षिकीकरण नगरिएको प्रति शेयर आम्दानी १३.४९ रुपैयाँबाट बढेर १६.२७ रुपैयाँ पुगेको छ।  कम्पनीको प्रति शेयर नेटवर्थ १६७ रुपैयाँ ७८ पैसा रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ