२८ कात्तिक, विदुर । नेकपा एमाले नुवाकोटले भोलि हुने जागरणसभाको पूर्वसन्ध्यमा मोटरसाइकल र्याली गरेको छ ।
पार्टीको आयोजनामा देवीघाटदेखि कोलेनीसम्म कार्यकर्ताहरूले पार्टीका झण्डा बोकेर मोटरसाइकल र्याली गरेका हुन् ।
एमालेका जिल्ला नेताहरू, युवा संघ नेपाल, अनेरास्ववियु र महिला संघका कार्यकर्ताहरूले र्यालीमा सहभागिता जनाएका थिए ।
पार्टीका जिल्ला अध्यक्ष बद्री मैनाली, जिल्ला कमिटीका पदाधिकारीलगायतले र्यालीमा सहभागीता जनाएका छन् ।
जागरणसभा भोलि कात्तिक २९ गते पार्टी कार्यालय विदुरमा १२ बजे हुने जनाएको छ ।



















प्रतिक्रिया