sujim bazar advert

प्रतिनिधिसभा विघटन अलोकतान्त्रिक र असंवैधानिक: नेता दाहाल

डबली खबर     कार्तिक २४, २०८२

Sizen Education Consultancy Pvt. Ltd.

devendra dahal
Big Education Consultancy Nuwakot
global ime bank flash loan

२४ कातिक, काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य देवेन्द्र दाहालले अहिलेको सरकार चुनाव गराउने पक्षमा नरहेको बताएका छन् ।

प्रेस चौतारीले झापाको दमकमा सोमबार गरेको भेटघाट कार्यक्रममा उहाले अहिलेको सरकारनै असम्बैधानिक रहेको दाबी गर्दै यस्तो सरकार बाट लोकतान्त्रिक तथा संबैधानिक प्रक्रियाको अपेक्षा पनि गर्न नसकिने भनाइ राखे ।

सुरक्षा निकाय बाट खोसिएका हतियार, भागेगा अपराधीहरु खुलेआम बाहिर राखेर सरकारले कस्तो चुनाब गराउछ भनेर उनले प्रश्न पनि गरेका छन् । निवर्तमान भौतिक पुर्वाधार तथा यातायात मन्त्री समेत रहेका नेता दाहालले अहिलेको सरकारले गठन गरेको छानबिन आयोगको समेत औचित्य र कानुनी आधार नरहेको उल्लेख गरे ।

अलोकतान्त्रिक सरकार बाट भएको प्रतिनिधि सभा विघटन समेत अलोकतान्त्रिक र असंबैधानिक रहेकाले एमाले संसद पुनःस्थापनको माग सहित जनताको बीचमा गएको दहालले बताए ।

अहिलेको राजनीतिक र संबैधानिक गतिरोधको अन्त्य संसद पुनःस्थापना बाटनै हुने समेत उनको भनाइ छ । यो विषयमा नेपाली कांग्रेसको अहिले सम्मको मौनता समेत आश्चर्यजनक रहेको उल्लेख गर्दै दहालले कांग्रेस पनि यो अजेण्डामा आउंदै गरेको उनले बताए ।

जेन-जीले अघि सारेका माग समेत संसद पुनःस्थापना पछि गठन हुने सरकारले नै पूरा गर्ने उनको दाबी छ । केपि नेतृत्वको सरकारले समेत सुशासनको पक्षमा दर्बिलो गरि काम गरि रहेको अवस्थामा जेन-जी आन्दोलनमा घुसपैठ गरि हिंसाको माध्यमबाट विस्थापन गरिएको भन्दै सो क्रममा भएका आगजनी, हिंसा र तोडफोडमा सम्लग्नहरुको खोजी गरि कानुनी दायरामा ल्याउन ढिला गर्न नहुनेमा उनले जोड दिए ।


Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top