sujim bazar advert

डिजिटल भुक्तानी साधन ‘फिनपस मिनी’ सार्वजनिक

डबली खबर     कार्तिक २३, २०८२

Sizen Education Consultancy Pvt. Ltd.

finpas mini launch
Big Education Consultancy Nuwakot
global ime bank flash loan

नुवाकोट । सिटीटेक ग्रुप प्रालिले ‘फिनपस मिनी पस’ औपचारिक रूपमा सार्वजनिक गरेको छ। ललितपुरको सानेपामा भएको टिग नास आईटी एक्स्पो २०२५ को अवसरमा उक्त उपकरण सार्वजनिक गरिएको हो ।

फिनपस मिनी एक क्रान्तिकारी डिजिटल भुक्तानी साधन हो, जसले व्यापारीहरूलाई कार्ड र क्युआर दुवै माध्यमबाट भुक्तानी स्वीकृत गर्ने सहजता प्रदान गर्ने जनाएको छ ।

यस उपकरणले भिसा, मास्टरकार्ड, युपिआइ, र नेपालपे लगायतका कार्ड योजनाहरू तथा नेपालपे क्युआर, फोनपे र स्मार्टक्युआर जस्ता क्युआर योजनाहरूलाई समर्थन गर्दछ।

साना आकारको, आकर्षक डिजाइन र प्रयोग गर्न सजिलो यो उपकरणले ग्राहक तथा व्यवसायी दुवैका लागि द्रुत, सहज र विश्वसनीय भुक्तानी अनुभव सुनिश्चित गर्छ। यसको सानो तर विशेष स्वरूपले डेलिभरी सेवा, यातायात व्यवसायी तथा साना(ठूला सबै प्रकारका व्यवसायीहरू का लागि डिजिटल भुक्तानीलाई अझै सुलभ बनाएको छ।

कार्यक्रमको क्रममा ग्लोबल आइएमई बैंक, माछापुच्छ्रे बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र सिद्धार्थ बैंकले लेटर अफ इन्टेन्टमा हस्ताक्षर गरी फिनपस मिनीलाई आफ्ना भुक्तानी प्रणालीमा समावेश गर्ने इच्छाशक्ति प्रकट गरेका छन् ।

सिटीटेकका प्रमुख कार्यकारी आधिकृत सजन शर्माले फिनपस मिनी केवल एउटा उत्पादन नभइ, यो नेपालमा डिजिटल भुक्तानीलाई सबैको पहुँचमा पुर्‍याउने हाम्रो प्रतिबद्धताको प्रतीक रहेके बताए । उनले भने ‘हामी देशका हरेक कुनामा रहेका व्यापारीहरूलाई सहज, सुरक्षित र सस्तो प्रविधिबाट डिजिटल भुक्तानीको अवसर दिन चाहन्छौं।’

सिटीटेकको चर्चित ब्राण्ड ‘फिनपस’हाल नेपालभरका १२ वटा बैंकहरूमा एइक् सेवा प्रदान गर्दै १० हजारभन्दा बढी व्यवसायीहरूलाई सेवा दिइरहेको छ। फिनपस मिनी को शुभारम्भले बैंकहरूका लागि अझ प्रतिस्पर्धी मूल्यमा एकीकृत र किफायती अक्वायरिङ समाधान प्रदान गर्ने नयाँ अध्याय सुरु गरेको छ।


Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top