+
Search

ताजा अपडेट +

पपुलर +

महादेवफाँटमा भोलि १९ गतेदेखि श्रीमद्भागवत सप्ताह

radhika dasi Nuwakot
डबली खबर
५ महिना अगाडी

१८ कात्तिक, नुवाकोट । महादेवफाँटमा समुदायिक अस्पताल स्थापना र सञ्चालनार्थ श्रीमद्भागवत सप्ताह पूर्ण ज्ञान महायज्ञ आयोजना हुने भएको छ।

महायज्ञ भोलि कात्तिक १९ देखि २५ गतेसम्म सञ्चालन हुने आयोजक भिमेश्वर सामुदायिक संस्थाका अध्यक्ष दामोदर नेपालले जानकारी दिए ।

“स्वास्थ्यमा दान महान” भन्ने उद्देश्यसहित हुने महायज्ञमा प्रख्यात कथा वाचिका राधिका दासीले श्रीमद्भागवत कथा वाचन गर्ने छिन् ।

संस्थाको आयोजनामा बेलकोटगढी नगरपालिका–७ महादेवफाँटमा हुने महायज्ञ सफल बनाउन बेलकोटगढी नगरपालिका र न्यू भिजन युथ क्लब तथा विभिन्न संघसंस्थाहरुको सहकार्य रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ