१६ कात्तिक, नुवाकोट । नेकपा एमालेले ११औं महाधिवेशन मंसिर १३ गते गर्ने भएको छ । महाधिवेशनको प्रतिनिधि देशैभर एकै दिन छान्ने जनाएको छ।
शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीनिवास गुण्डुमा बसेको सचिवालयको ५९ औं बैठकले मंसिर १३ गते देशैभर एकैदिन प्रतिनिधि छान्ने निर्णय गरेको हो। सोको विवरण १५ गते भित्रमा पठाइसक्न निर्देशन पनि दिएको छ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्रलाई आधार मानी प्रति १२०० सदस्य खुला दुई र महिला एक निर्वाचित गर्ने विधि तय गरेको छ।
यसरी प्रतिनिधि छान्दा एक जना युवा (४० वर्ष मुनि) मा अनिवार्य हुनुपर्ने छ।
प्रति ८ सय सदस्य एक प्रतिनिधि, जसमा महिला निर्वाचित गर्ने विधि तय गरिएको उपमहासचिव प्रदीप ज्ञवालीले बताए।
निर्वाचन क्षेत्र तय गर्दा प्रति तीन सदस्यमा एक महिला अनिवार्य हुनुपर्ने प्रावधान राखिएको छ।
दलितका लागि प्रति पाँच सय सदस्य एक प्रतिनिधि निर्वाचित गर्नुपर्ने विधि राखिएको छ।
ट्रेड युनियनमा प्रदेशबाट सात जना प्रतिनिधि रहनेछन्। जनसंगठनबाट प्रतिजनसंगठन पाँच जनाको प्रतिनिधित्व रहनेछ।
महासङ्घीय ढाँचामा रहेका जनसंगठनबाट भने सात जनाको प्रतिनिधित्व रहनेछ।
विभाग र कार्यालयबाट एक/एक जनाको प्रतिनिधित्व रहनेछ। प्रवासबाट महादेश अनुसार पाँच जनाको प्रतिनिधित्व रहनेछ।
केन्द्रीय कमिटीबाट ३५४ जना स्वतः प्रतिनिधि हुनेछन्। त्यस्तै अनुशासन आयोगबाट २९, लेखा आयोगबाट ३०, निर्वाचन आयोगबाट २५, सल्लाहकार परिषद् बाट २५ जना प्रतिनिधि रहनेछन्।
यी कमिटीबाट जम्मा ४६४ जना स्वतः प्रतिनिधि हुनेछन्।



















प्रतिक्रिया