+
Search

ताजा अपडेट +

पपुलर +

युनिलिभर नेपालको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Unilever Nepal limited
डबली खबर
७ महिना अगाडी

९ कार्तिक, काठमाडाैं । युनिलिभर नेपालको लाभांश सुरक्षित गर्ने कात्तिक ९ गते, आइतबार, अन्तिम दिन रहेको छ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले कात्तिक ११ गतेदेखि कात्तिक २५ गतेसम्म कारोबार बन्द गर्दैछ।

भोली अर्थात् कात्तिक १० गते छठ पर्वको सार्वजनिक बिदा भएका कारण आजसम्म नेपाल स्टक एक्सचेन्ज लि. (नेप्से)मा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

कम्पनीले कात्तिक २५ गते, मंगलबार, द एभरेष्ट होटल, नयाँ बानेश्वर, काठमाडौँमा ३२ औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा दिउँसो साढे ४ बजे शुरु हुनेछ।

सभाले प्रतिकित्ता १ हजार ८४२ रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने, लेखापरीक्षक नियुक्त गर्ने सामाजिक र सामुदायिक परियोजनाहरुमा आर्थिक योगदान लगायतका प्रस्तावहरु पारित गर्नेछ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ