+
Search

ताजा अपडेट +

पपुलर +

प्रहरी दिवसमा रक्तदान र सरसफाई

blood donate in police day
डबली खबर
६ महिना अगाडी

२९ असोज, विदुर । नेपाल प्रहरीले आफ्नो ७०औं प्रहरी स्थापना दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय नुवाकोटले रक्तदान र सरसफाई कार्यक्रम आयोजना गरेको छ ।

नागरिक प्रहरी सहकार्य: सुरक्षाको लागि अपरिहार्य भन्ने मुख्य नाराका साथ कार्यक्रम सञ्चालन गरिएको हो ।

नेपाल प्रहरी जनताको सेवा र सुरक्षामा सधैँ प्रतिबद्ध रहेको स्मरण गर्दै प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले रक्तदान आयोजना गरिएको बताए ।

नेपाल रेडक्रस सोसाइटी नुवाकोट शाखाको प्राविधिक सहयोग रहेको कार्यक्रममा २९ जना रगतदाताहरुले रक्तदान गरेका थिए ।

कार्यक्रममा त्रिशूली अस्पतालको सहयोगमा प्रहरीको स्वास्थ्य जाँच समेत गरिएको थियो ।

यस्तै, प्रहरी स्थापना दिवसको अवसरमा नुवाकोटको सदरमुकाम विदुरस्थित रावलधारा र रुद्रेश्वर महादेव मन्दिरमा सरसफाई कार्यक्रम सञ्चालन गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ