+
Search

ताजा अपडेट +

पपुलर +

तीन सय ३३ जना सैन्यहरू दीक्षित

333 nepal army training passing out in Nuwakot
डबली खबर
७ महिना अगाडी

२७ असोज, विदुर । नम्बर १ सैन्य तालिम केन्द्र नुवाकोटमा सञ्चालित सैन्य आधार तालिमबाट तीन सय ३३ जना नेपाली सेनाका सैन्य दीक्षित भएका छन् ।

सोमबार सैन्य आधार तालिमको अन्तिम दलेल कवज समारोहमा उनीहरुलाई सैन्य तालिम महानिर्देशक उपरथी ध्रुवप्रकाश शाहले दीक्षित गर्दै सेवा प्रवेश गराएका हुन् ।

विदुर नगरपालिकाको विदुरमा रहेको सैन्य तालिम केन्द्रमा नौ महिने तालिम पूरा गरेकाहरुलाई एक समारोहको आयोजना गरेर दीक्षान्त गरिएको हो । साथै सि.सं. ८२ सैन्य आधार तालिमको दीक्षान्त समारोह सम्पन्न भएको केन्द्रपति देवराज भट्टले जानकारी दिए ।

तालिम अवधिभर विभिन्न विधामा उत्कृष्ट हुन सफल भएका सिपाहीलाई महानिर्देशक उपरथी शाहले पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ