+
Search

ताजा अपडेट +

पपुलर +

असोज १९ गते र २० गते सार्वजनिक बिदा

dabali khabar samachar - leading news portal from nuwakot
डबली खबर
७ महिना अगाडी

१८ असोज, नुवाकोट । सरकारले विपदजन्य क्षति रोक्न भोलि असोज १९ गते आइतबार र २० गते सोमबार सार्वजनिक बिदा दिएको छ।

गृह मन्त्रालयले शनिबार सार्वजनिक सूचना जारी गर्दै दुई दिन बिदा दिइएको जानकारी दिएको हो।

विपद व्यवस्थापन तथा अत्यावश्यक सेवासँग सम्बन्धित कार्यालयबाहेक अरू सबै बन्द रहने गृह मन्त्रालयले जनाएको छ।

‘वर्षाका कारण उत्पन्न हुनसक्ने बाढी, डुबान, भूक्षय लगायतका जोखिमका साथै सडक तथा हवाई यातायात प्रभावित हुने र मानवीय क्षतिसमेत हुनसक्ने सम्भावनालाई मध्यनजरमा राखेर असोज १९ र २० गतेका दिन विपद व्यवस्थापन र अत्यावश्यक सेवासँग सम्बन्धित कार्यालयहरू बाहेक नेपाल राज्यभर सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि सो सूचना प्रकाशित गरिएको छ,’ सूचनामा भनिएको छ।

यस अवधिमा काम नपरी बाहिर ननिस्किन अनुरोध गरेको छ। शनिबार रातिदेखि भारी वर्षा हुने पूर्वानुमान छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ