+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोट प्रशासनको दशैँ-तिहारमा शान्ति सुरक्षा कायम गर्न अनुरोध

DAO Nuwakot Office Building
डबली खबर
७ महिना अगाडी

१० असोज, विदुर । जिल्ला प्रशासन कार्यालय नुवाकोटले नजिकिँदै गरेका चाडपर्वहरू दशैँ, तिहार, छठको अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै शान्ति सुरक्षा कायम गर्न विशेष अनुरोध गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईँद्वारा आज जारी गरिएको सूचना अनुसार कार्यालयले चाडपर्वमा होहल्ला, झैझगडा, मादक पदार्थको सेवन गरी सार्वजनिक मर्यादा भङ्ग नगर्न आग्रह गरेको छ। साथै, जुवातास, लङ्गुरबुर्जा, पटका, आतिशबाजी लगायतका कानुनले निषेध गरेका विष्फोटक तथा प्रदुषणजन्य गतिविधिहरू नगर्न/नगराउन समेत अनुरोध गरिएको छ।

प्रशासनले यातायातमा ट्राफिक नियम पालना गर्न र निर्धारित भाडादर मात्र लिन, तथा बजारमा वस्तुको मूल्य, उपभोग्य म्याद र गुणस्तरमा ध्यान दिन पनि आग्रह गरेको छ।

कानुन विपरीतका कार्य गर्ने/गराउनेलाई कडा कारबाही हुने चेतावनी दिँदै, कुनै गैरकानुनी गतिविधि भएको जानकारी भएमा जिल्ला प्रहरी कार्यालयको सूचना अधिकारीको मोबाईल नं. ९८५१२८९३८० मा खबर गर्न अनुरोध गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ