+
Search

ताजा अपडेट +

पपुलर +

एमाले कार्यालयमा फर्फरायो देशकै ठूलो झण्डा

cpnuml office flag
डबली खबर
९ महिना अगाडी

३० भदौ, नुवाकोट । जेन–जी आन्दोलनका क्रममा अराजक समूहले तोडफोड गरेको ललितपुरको च्यासलस्थित नेकपा (एमाले) पार्टी कार्यालयमा देशकै सबैभन्दा ठूलो झण्डा फहराइएको छ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) र यससँग आवद्ध घटकका करिब सय जना नेता–कार्यकर्ताले हँसिया–हथौडा अंकित ४५/४५ फिट आकारको झण्डा राखेका हुन्। जिफन्टका अध्यक्ष विनोद श्रेष्ठका अनुसार यो अहिलेसम्मकै सबैभन्दा ठूलो पार्टी झण्डा हो।

झण्डा विहान ११ बजे च्यासल पार्टी कार्यालय भवनको पूर्वतर्फ राखिएको थियो, जसलाई वरिपरि सबैले देख्न सक्ने गरी सजाइएको थियो। त्यस्तै, आगजनीका कारण क्षतिग्रस्त भएको सो भवनको तेस्रो तलामा पनि पार्टी झण्डा टाँगिएको छ।

झण्डा फहराएपछि जिफन्ट टोलीले पार्टी महासचिव शंकर पोखरेलको घर सरसफाईसमेत गरेको थियो। जेन–जी आन्दोलनका क्रममा क्षति पुगेको घरभित्रका जलेका, फुटेका र तोडफोड भएका सामानहरू करिब तीन घण्टा लगाएर सफा गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए।

उहाँका अनुसार अन्य पार्टी नेताका घरहरू र पार्टी कार्यालयहरूमा पनि यस्तै सरसफाई अभियान सञ्चालन गरिनेछ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ