+
Search

ताजा अपडेट +

पपुलर +

पोष्टबहादुर बोगटीको ११औं स्मृति दिवस

11th posta bahadur pogati
डबली खबर
९ महिना अगाडी

३० भदौ, नुवाकोट । नेकपा माओवादी केन्द्रका तत्कालीन उपाध्यक्ष पोष्टबहादुर बोगटीको ११औं स्मृति दिवसका अवसरमा सोमबार विभिन्न कार्यक्रम भएका छन् ।

जिल्ला पार्टी नुवाकोटको आयोजनामा नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ५ पिपलटारस्थित पोस्टबहादुर स्मृति पार्कमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रम पूर्वमन्त्री हितबहादुर तामाङ, बागमती प्रदेशकी पूर्व उपसभामुख राधिका तामाङलगायतले गत भाद्र २४ गते जेन-जी आन्दोलनमा घुषपैठियाहरुले पार्कमा रहेको स्वर्गीय पोष्टबहादुर बोगटीको पूर्ण कदको सालिकको पूर्णरुपले क्षति पुर्याएकोमा गैरराजनीतिक तथा स्वार्थ प्रेरित कार्यको भत्सना गरेका छन् ।

पार्टीभित्र समन्वयकारी तथा निष्ठावान् नेताका छवि बनाएका बोगटीको २०७१ भदौ ३० गते हृदयाघातबाट ६१ वर्षको उमेरमा निधन भएको थियो ।

२०१० साल नुवाकोटको तुप्चेमा जन्मिएका उनी चरम गरिबीसँग सङ्घर्ष गरेर माथिल्लो पदमा पुगेका नेता हुन् । उनका दुई छोरी र एक छोरा रहेकोमा ०५९ असार ७ गते सेनाको गोली लागेर छोरा रविको निधन भएको थियो ।

@dabalikhabar नेकपा माओवादी केन्द्रका तत्कालीन उपाध्यक्ष पोष्टबहादुर बोगटीको ११ओं स्मृतिदिवसका अवसरमा विभिन्न कार्यक्रम भएका छन् । #dabalikhabar #maoistcentre #genz #genznepal ♬ original sound – dabalikhabar

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ