+
Search

ताजा अपडेट +

पपुलर +

आईएमई लाईफको बिमित तथा अभिकर्तालाई ३० प्रतिशत छुट

ime life insurance special discount in Happy Home Skating at Nuwakot
डबली खबर
९ महिना अगाडी

२९ भदौ, बट्टार । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित र अभिकर्ताहरूले ह्यापी होम स्केट पार्कमा ३० प्रतिशत छुट पाउने भएका छन् ।

कम्पनीले आफ्ना बीमित र अभिकर्ताहरूलाई लाभान्वित तुल्याउन विदुर नगरपालिका-५ गङ्गटे पार्कमा रहेको ह्यापी होम स्केट पार्कसँग त्यस्तो सम्झौता गरेको हो ।

सम्झौताअनुसार आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित र अभिकर्ताहरूले उक्त होममा स्केटिङ खेलमा ३० छुट सहुलियत पाउनेछन् ।

उक्त छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले कम्पनीको मोबाइल एपमा रहेको प्रिभिलेज कार्ड देखाई छुट सुविधा लिन सक्नेछन् भने, अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेस गरी छुट सुविधाको लाभ लिन सक्ने आईएमई लाइफ इन्स्योरेन्सले जनाएको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ