+
Search

ताजा अपडेट +

पपुलर +

कार्यालय पुन:सञ्चालानार्थमा जुटे नेपाली कांग्रेस

Efforts are underway to re-open the Nepali Congress Nuwakot office, which was damaged during the Gen-G movement
डबली खबर
९ महिना अगाडी

२९ भदौ, विदुर । जेन-जीको आन्दोलनको क्रममा क्षतिग्रस्त भएको नेपाली कांग्रेस नुवाकोट कार्यालय पुन:सञ्चालानार्थमा जुटेको छ।

आगजनी भएको भवनकै सभाहलमानै जिल्ला पार्टी सभापति रमेशकुमार महतको अध्यक्षतामा बसेको विशेष बैठकले पार्टी सदस्यहरुसँग प्रति व्यक्ति एकसय रुपैयाँ अनिवार्य र अन्य शुभेच्छुक तथा सहयोगीहरुसंग स्वेच्छिक आर्थिक सहयोग संकलन गर्ने निर्णय गरेको छ ।

भदौ २४ मा भएको जेन-जीको आन्दोलनले विपी स्मृति भवनमा तोडफोड र आगजनी गर्दा त्यहाँ रहेका महत्वपूर्ण दस्ताबेजसहितको कागजात, फर्निचर सहितका सामाग्रीहरु जलेर नष्ट भएको पार्टी सचिव श्रीराम श्रेष्ठले जानकारी दिए ।

आन्दोलनको मौका बनाई अराजक तत्वहरुबाट भएको घुसपैठमा संलग्नहरुको हुलिया संकलनकेा काम भइरहेकाले संलग्न भएकाहरुलाई कारबाहीको लागि न्यायिक निकायमा उजुरी दिने निर्णय विशेष बैठकले निर्णय गरेको सचिव श्रेष्ठले जानकारी दिए ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ