१८ भदौ, रियाद । अन्तर्राष्ट्रिय पत्रकार महासंघ, अमेरिकाको केन्द्रीय कार्यालयसँग परामर्श र सहमतिपछि साउदी अरेबियामा कार्यरत नेपाली पत्रकारहरूको भेलाबाट गठन भएको नयाँ शाखा कार्यसमितिलाई केन्द्रले औपचारिक रूपमा अनुमोदन गरेको छ।
सर्वसम्मतिले गठन गरिएको कार्यसमितिको अध्यक्षमा अन्नपूर्ण पोस्ट मिडिया, गल्फ मुलुक इडिटर बिष्णु घिमिरे चयन भएका छन्। उनी लामो समयदेखि गल्फ मुलुकमा नेपाली पत्रकारितामा सक्रिय रहँदै आएका व्यक्तित्व हुन्।
गठित कार्यसमितिमा अमर सापकोटा प्रमुख सल्लाहकार, राजु खनाल महासचिव, सुन्जित तामाङ उपाध्यक्ष, अन्जान गुभाजु कोषाध्यक्ष, राज चेम्जोङ लिम्बु – सञ्चार तथा अनुशासन संयोजक, राज चेम्जोङ लिम्बु -सचार तथा अनुशासन संयोजक , राज चेम्जोङ लिम्बु -सचार तथा अनुशासन संयोजक लोकेन्द्र खड्का प्रवक्ता, रमजान दिन मियाँ, एल पी शेर्पाली, नेत्र न्यौपाने, , देबी बहादुर कार्की र तुलसी राम आचार्य सदस्य रहेका छन्।
फिजाका अध्यक्ष रामप्रसाद खनाल र महासचिव टंक दाहालले अध्यक्ष बिष्णु घिमिरेसहित सम्पूर्ण पदाधिकारी तथा बोर्ड अफ डिरेक्टर सदस्यलाई हार्दिक बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
उनीहरूले शाखाले पत्रकारहरूको हक–हित संरक्षण, पत्रकारिता गतिविधि सशक्तीकरण र अन्तर्राष्ट्रिय पत्रकार महासंघका उद्देश्यलाई अझ प्रभावकारी ढङ्गले अघि बढाउने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया