+
Search

ताजा अपडेट +

पपुलर +

मुकेश प्रधानको ‘भक्कानिएको मुटु’ भिडियो सार्वजनिक

bhakkaniyeko song
डबली खबर
८ महिना अगाडी

१६ भदौ, नुवाकोट । गायक मुकेश प्रधानले आफ्नो नयाँ गीत ‘भक्कानिएको मुटु’ सार्वजनिक गरेका छन् ।

प्रेमिल शैलीमा लेखिएको गीतमा मुकेशको नै शब्द ,संगीत रहेको गीतलाई फोइसिलले म्युजिक डिरेक्सन गरेका हुन् l

देशको अहिलेको वैदेशिक रोजगारीको विषय र त्यसले नेपाली समाजमा परेको गहिरो प्रभावलाइ गीतको म्युजिक भिडियोमा देखाइएको छ। जुन धेरै नै हृदयस्पर्शी बनेको छ ।

भिडियोमा नायक विशाल पहारी, बिन्दा खतिवडा जीवन बस्नेत र किरण शाहीको अभिनय रहेको छ ।

भविन गुरुङको छायांकन र रञ्‍जित श्रेष्ठको सम्पादन रहेको भिडियोलाई आरओबीले निर्देशन गरेको गीतको भिडियोलाई गायक मुकेश प्रधानको अधिकारिक च्यानलबाट सार्वजनिक गरिएको हो ।

गायक मुकेशका यसअघिका गीतहरुलाइ पनि दर्शक स्रोताले रुचाएकाले यो गीत र भिडियोलाई मन पराउनेमा मुकेश ढुक्क रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ