+
Search

ताजा अपडेट +

पपुलर +

प्रशासनमा ५० लाख ५८ हजार रुपैँया राजस्व सङ्कलन

DAO Nuwakot Office Building
डबली खबर
८ महिना अगाडी

३ भाद्र, विदुर । जिल्ला प्रशासन कार्यालय नुवाकोटले चालुआर्थिक वर्षको पहिलो महिनामा ५० लाख ५८ हजार ५०० रुपैँया राजस्व सङ्कलन गरेको छ।

कार्यालयको साउन महिनाको प्रगति विवरणअनुसार राहदानीबाट ५० लाख ३२ हजार ५०० रुपैँया, एजेन्सी दर्ताबाट १२ हजार, हातहतियारबाट नौ हजार र प्रशासनिक दण्ड जरिवानाबाट पाँच हजार राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले नौ सय ८३ राहदानी आवेदन फारम सङ्कलन गरेकोमा आठ ५२ वटा राहदानी वितरण गरेको छ ।

कार्यालयबाट वंशजको आधारमा छ सय ८५ वटा , प्रतिलिपिमा आठ सय ८७ वटा र गैरआवासीयतर्फ चार वटा नागरिता वितरण गरेको छ ।

यसैगरी, कार्यालयले नाबालक परिचयपत्रतर्फ ४२ वटा, सवारीपास १९ वटा र विविध सिफारिसतर्फ ३६ वटा गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ