नि:शुल्क रगत अभियानमा वाणिज्य सङ्घ

डबली खबर     जेष्ठ १८ २०८१ १६:२६

nuwakot chamber of commerce and industry donate 1 lakh rupees
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – नुवाकोट उद्याेग वाणिज्य सङ्घ नि:शुल्क रगत अभियानमा जोडिएको छ ।

शुक्रबार एक कार्यक्रमकाबीच सङ्घका अध्यक्षले राजेन्द्र श्रेष्ठले साेसाइटीलाइ चेक हस्तान्तरण गरेका हुन् । सङ्घले नेपाल रेडक्रस सोसाइटीको एक करोड अक्षय कोष अभियानमा सहयाेग गरेकाे हो ।

सामाजिक उत्तरदायित्व अन्तर्गत सङ्घले आठाैं नुवाकोट महोत्सवबाट आम्दानीबाट एक लाख रूपैयाँ सहयोग गरेकाे सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठले बताए ।

नेपाल रेडक्रस साेसाइटीले रक्त सञ्चार सेवामार्फत जिल्लाका नागरिकलाइ रगत नि:शुल्क उपलब्ध गराउनका लागि स्थापनार्थ एक करोड कोष सङ्कलन अभियान चलाएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top