sujim bazar advert

टेलिचलचित्र ‘मेरी सानु’ सार्वजनिक

डबली खबर     साउन २२, २०८२

Sizen Education Consultancy Pvt. Ltd.

meri sanu nepali teliserial
Big Education Consultancy Nuwakot
global ime bank flash loan

२२ साउन, नुवाकोट । स्वामी भट्टद्वारा निर्देशित टेलिचलचित्र मेरी सानु सार्वजनिक भएको छ । टेलिचलचित्रमा सामाजिक घटनाको कथावस्तुलाई समेटिएको छ ।

यो एउटा नितान्त पारिवारिक र सामाजिक यथार्थताको भाव बोकेको टेलिचलचित्र रहेको कथाकार तथा निर्देशक भट्टले बताए । टेलिचलचित्रलाई धाराबाहिक रुपमा निरन्तर निर्माण गरिने उनले बताए ।

टेलिचलचित्रको शिर्ष गीतमा शब्द, गायन र सङ्गीत विनय कार्की क्षेत्रीको रहेको छ । टेलिचलचित्रमा पनि उनकै सङ्गीत रहेको छ ।

सुजन कुमालको छायाँकन र चन्द्र मगरको सम्पादन रहेको टेलिचलचित्र टेन्सन ब्रो नामक युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।

टेलिचलचित्रमा बिपी सिग्देल, नानु भण्डारी, युनिषा बानियाँ, शेखु धमाका, सुजन कुमाललगायतको अभिनय रहेको छ ।

टेलिचलचित्र ‘मेरी सानु’ प्रत्येक बुधबार बेलुकी ७ बजे हेर्न सकिने छ।

bidur tax consultancy services in nuwakot

maan bina ko dhaan Nepali Movie

ताजा अपडेट

प्रतिक्रिया

Top