+
Search

ताजा अपडेट +

पपुलर +

टेलिचलचित्र ‘मेरी सानु’ सार्वजनिक

meri sanu nepali teliserial
डबली खबर
८ महिना अगाडी

२२ साउन, नुवाकोट । स्वामी भट्टद्वारा निर्देशित टेलिचलचित्र मेरी सानु सार्वजनिक भएको छ । टेलिचलचित्रमा सामाजिक घटनाको कथावस्तुलाई समेटिएको छ ।

यो एउटा नितान्त पारिवारिक र सामाजिक यथार्थताको भाव बोकेको टेलिचलचित्र रहेको कथाकार तथा निर्देशक भट्टले बताए । टेलिचलचित्रलाई धाराबाहिक रुपमा निरन्तर निर्माण गरिने उनले बताए ।

टेलिचलचित्रको शिर्ष गीतमा शब्द, गायन र सङ्गीत विनय कार्की क्षेत्रीको रहेको छ । टेलिचलचित्रमा पनि उनकै सङ्गीत रहेको छ ।

सुजन कुमालको छायाँकन र चन्द्र मगरको सम्पादन रहेको टेलिचलचित्र टेन्सन ब्रो नामक युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।

टेलिचलचित्रमा बिपी सिग्देल, नानु भण्डारी, युनिषा बानियाँ, शेखु धमाका, सुजन कुमाललगायतको अभिनय रहेको छ ।

टेलिचलचित्र ‘मेरी सानु’ प्रत्येक बुधबार बेलुकी ७ बजे हेर्न सकिने छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ