+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नुवाकोट अदालतबाट लक्ष्यभन्दा १६ प्रतिशत बढी मुद्दा फछ्र्यौट

नुवाकोट अदालतबाट लक्ष्यभन्दा १६ प्रतिशत बढी मुद्दा फछ्र्यौट
डबली खबर
८ महिना अगाडी

९ साउन, विदुर । नुवाकोट जिल्ला अदालतले आर्थिक वर्ष २०८१/८२ मा कुल ८०.८९ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ, जुन तोकिएको ६६ प्रतिशत लक्ष्यभन्दा १६ प्रतिशतले बढी हो।

अदालतमा अघिल्लो वर्षबाट लगत सरेर आएका २५५ थान मुद्दा र ८३४ थान नयाँ दर्ता गरी कुल १ हजार ८९ थान मुद्दा रहेको जिल्ला अदालत नुवाकोटका न्यायाधीश शुभाषबाबु पुरीले जानकारी दिए । जसमा ८८१ थान मुद्दा फछ्र्यौट गरिएको उनले बताए ।

मुद्धा विवरणको तथ्यांकअनुसार देवानी मुद्दातर्फ ७८८ मध्ये ६५८ मा फैसला, फौजदारी मुद्दातर्फ २९७ मध्ये २२० मा फैसला र निषेधाज्ञातर्फ ४ मध्ये ३ मा फैसला गरको छ ।

अघिल्लो आ.व. २०८०/८१ मा अदालतले ७६.२७ प्रतिशत मुद्दा फछ्र्यौट गरेको कार्यालयका स्रेस्तेदार बिमलप्रसाद पुराजुलीले जानकारी दिए। यस वर्षको प्रगति तुलनामा उल्लेखनीय रहेको उनको भनाइ छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ