९ साउन, नुवाकोट । दुप्चेश्वरबाट प्रहरीले नक्कली नोटसहित दुई जनाको पक्राउ गरेको छ । प्रहरीले एक हजार दरका ९३ थान नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक विक्रम लामाले जानकारी दिए ।
उक्त स्थानमा तीन-चार जना बालकहरुले नक्कली नोट लिई हिंडेको भन्ने जानकारी प्राप्त भएपछि प्रहरी अधिकृतसहितको टोलीले खानतलासी गर्दा ६९ थान एक हजारको नेपाली नक्कली नोटहरु बरामद गरिएको प्रहरी नायव उपरीक्षक लामाले जानकारी दिए ।
उक्त नोटबारे प्रारम्भिक अनुसन्धान गर्ने क्रममा दुप्चेश्वर गापा-७ बस्ने ४२ वर्षिय नरबहादुर तामाङ र सोही स्थानका भीमबहादुर तामाङले बनाएको भनेर खुल्न आएकोले उनीहरुलाई लगत्तै पक्राउ गरि हिरासतमा राखिएको लामाको भनाई छ ।
अनुसन्धानकै क्रममा पक्राउ परेकामध्ये भीमबहादुर तामाङको घरमा राखेको थप २४ थान एकहजार दरका नक्कली नोटहरु समेत प्रहरीले बरामद गरेको छ ।
उनीहरु दुवै जनालाई नुवाकोट जिल्ला अदालतबाट अनुसन्धान गर्न सात दिनको म्याद लिएर हिरासतमा राखिएको छ ।

प्रतिक्रिया