२७ असार, नुवाकोट । गत असार २४ गते बिहान आएको त्रिशूली नदीमा आएको बाढीका कारण विदुर नगरपालिका वडा नम्बर १ का त्रिशूलीबासी खानेपानी अभावमा परेका छन्।
विदुर नगरपालिका-१ का वडा सदस्य निजेश श्रेष्ठका अनुसार तत्काल राहतको रूपमा वडा कार्यालयले नगरपालिकाको सहकार्यमा ट्याक्टरबाट पानी वितरण गरिएको छ ।

यस्तै, पानीको अभावले दुर्गन्धित भएको त्रिशूली बजार क्षेत्रको ढलमा दमकलको पानीमार्फत् सरसफाइ गरिएको उनले बताए ।
“नहर बन्द हुँदा करिब ३०० घरधुरीका परिवारको जनजीवन प्रभावित भएको छ,” श्रेष्ठले भने “खानेपानी र दैनिक प्रयोगको पानी सहज वितरण नहुदाँसम्म हामी निर्धारित समयतालिका अनुसार पानी आपूर्ति निरन्तरता दिन प्रयासरत छौँ।”
“वस्ती नजिकै पानी मूलको स्रोत रहेको छ। छिट्टै वैकल्पिक व्यवस्थाको लागि पाईपलाईन विस्तार गरी पानी सहजताका लागि लाग्ने छौं”, श्रेष्ठले भने।
नगरपालिकाले प्रभावित क्षेत्रमा थप ट्याङ्की र पानीको आपूर्तिका साधन परिचालन गरी संकट व्यवस्थापनमा अग्रसरता लिएको छ।

प्रतिक्रिया