२० असार, नुवाकोट । विदुर नगरपालिकाले उत्कृष्ट १३ जना करदातालाई सम्मान गरेको छ।
शुक्रबार नगरपालिका कार्यालयमा आयोजित कार्यक्रममा नियमित रूपमा सर्वाधिक कर तिर्ने १३ जना करदातालाई सम्मान गरेको हो।
विदुर नगरपालिकाका राजस्व शाखा प्रमुख रणबहादुर थापामगरले नगरपालिकाबाट उत्कृष्ट करदातालाई सम्मान गरिएको बताए ।
सम्मानित करदाताहरुलाई नगरप्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी र प्रशासकीय अधिकृत सुभाकर पौडेलले संयुक्त रुपमा दोसल्ला ओढाएर प्रमाणप्रत्रले सम्मान गरेका छन् ।

प्रतिक्रिया