+
Search

ताजा अपडेट +

पपुलर +

बिमचना खोलामा आएको बाढीले एक महिला बेपत्ता

A woman goes missing due to flooding in the Bimachana River
डबली खबर
१० महिना अगाडी

१३ असार, नुवाकोट । गए रातिको अविरल वर्षाका कारण ककनी गाउँपालिका-१ भसिबुस्थित विमचना खोलामा बाढीले एक महिलालाई बगाएको छ ।

खोलाले नजिकै रहेको गोठमा अचानक खोला पस्दा गोठसहित सुति रहेको अवस्थामा ३६ वर्षीय अशोक बलामी, उनको पत्नी कमला बलामीलाई बगाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विक्रम लामाले जानकारी दिए ।

साथै गोठमा रहेको १ वटा रागाँ, ८ वटा बाख्रा बगाएको भन्ने सूचना प्राप्त हुन साथ प्रहरी चौकी ककनी र प्रहरी चौकी ओखरपौवाबाट प्रहरी टोली खटिई गई खोजतलास गर्दा अशोक बलामीलाई फेला पारी उद्दार गरी उपचारको लागि काठमाण्डौ काठमाडौँ पठाईएको उनले जानकारी दिए ।

उनको खोजीको लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ ।

बाढीले स्थानीय श्यामलाल बलामीको जस्ता छाना, ईट्टा ढुङगाले बनेको १ तले गोठ र १ वटा भैसी र हाते ट्याक्टर बगाएको छ । सुरेन्द्र बलामीको जस्ताको छाना, ईट्टा ढुङ्गाले बनेको १ तले गोठ र ५ वटा बाख्रा बगाई लगेको, प्रविण बलामीको २ तले पक्की घरभित्र बाढीले क्षति पुर्‍याएको छ। श्याम बलामीको १ तले गोठ र दुना भैसी १, पाडा २ वटा बगाई लगेको, धनराज बलामीको १ तले गोठ क्षति पुग्नुको साथै स्थानीयहरुको धानबाली बाढीले पुरिएको छ ।

सशस्त्र प्रहरीको युएन तालिम शिक्षालय ककनी, नं. १९ गुल्म नुवाकोट र सुरक्षा आधार बञ्चरेबाट ६५ जना, नेपाल प्रहरीको स्थानीय युनिटबाट थप टोली उद्धारमा संलग्न छ ।

सोहि वडाको १ नम्बरको गैरीटोलस्थित दिपक तामाङको एक तले कच्ची गोठमा माथिबाट पहिरो खसी गोठ पुरिदा गोठमा भएको ५ वटा बाख्रा मरेको प्रहरीले जनाएको छ ।

यसैगरी, लिखु गाउँपालिका वडा नं.६ फगटेस्थित चन्द्रबहादुर बिष्टले सञ्चालन गरेको बिष्ट पोल्ट्री फर्ममा रातीको अबिरल
बर्षाको कारणले फगटे खोलामा बाढी पसी पोल्ट्री फर्ममा रहेको बोईलर कुखुरा दुई हजार ८०० मरेको प्रहरीले जनाएको छ। साथै कुखुराको दाना, औषधी र कुखुरा गरी अन्दाजी १४ लाख बराबरको क्षति भएको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ