sujim bazar advert

भिजिट भिसाको दुरुपयोगमा उच्चस्तरीय छानबिन समिति गठनको मागः रास्वपा

डबली खबर     असार ६, २०८२

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
global ime bank flash loan

६ असार, विदुर । राष्ट्रिय स्वतन्त्र पार्टी नुवाकोटले भिजिट भिसाको दुरुपयोग तथा मानव तस्करीसम्बन्धी उच्चस्तरीय छानबिन समिति गठनको माग गरेको छ ।

रास्वपाका जिल्ला सभापति रामेश्वर गजुरेलको नेतृत्वको टोलीले जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीमार्फत् उक्त नेपाल सरकारलाई ध्यानाकर्षण गरेको हो ।

पत्रमा भनिएको छ, “हालैका दिनहरूमा हजारौं नेपाली नागरिकहरू ‘भिजिट भिसा’को नाममा अवैध रूपमा मानव तस्करीको शिकार बनिरहेका यथार्थहरू सार्वजनिक भइरहेका छन् । अध्यागमन कार्यालय, ट्राभल एजेन्सी, म्यानपावर कम्पनी, केही कूटनीतिक नियोग तथा संगठित आपराधिक समूहहरूको संलग्नतामा युवाहरूलाई दुबई लगायतका मुलुकहरू हुँदै गैरकानुनी तरिकाले तेस्रो देशमा पुऱ्याउने जस्ता गतिविधिहरू नेपाली राज्यव्यवस्था, कानुनीशासन र मानवअधिकार माथिको गम्भीर प्रहार हो।”

यस्तै, विगत केही वर्षहरुमा भिजिट भिसाको नाममा भएको मानव तस्करी र सांगठनिक अपराधमा सरकारी संयन्त्र, ट्राभल एजेन्सी, म्यानपावर कम्पनी, एयरलाइन्स र नेपाली तथा विदेशी नियोगहरूको संलग्नता भएको आशंका हुँदा यसको व्यापक र बहुआयामिक अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरेको छ।

पार्टीले छानबिन समितिको कार्यक्षेत्र, संरचना, व्यवस्थापन र अधिकार निर्धारण गर्न कार्यसम्पादन समिति एक दिनभित्र गठन गरी कार्यसम्पादन समितिले छानविन समिति गठनको लागि अपिल गरेको छ ।

छानविन प्रक्रियामा गृह मन्त्रालय मातहतका अध्यागमन विभाग, नेपाल प्रहरी, परराष्ट्र मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण र अन्य सरोकारवाला निकायहरूसँग प्रभावकारी समन्वय गर्दै छानबिन पारदर्शी, तथ्यमा आधारित र समयसीमाभित्र सम्पन्न गर्न भनिएको छ ।

bidur tax consultancy services in nuwakot

maan bina ko dhaan Nepali Movie

ताजा अपडेट

प्रतिक्रिया

Top