+
Search

ताजा अपडेट +

पपुलर +

सशस्त्रको कृत्रिम घटना अभ्यास

army police force nuwakot practise
डबली खबर
११ महिना अगाडी

जेठ २१, विदुर । सशस्त्र प्रहरी बल नेपाल नं. १९ गुल्मले विपद् प्रतिकार्य पूर्वतयारी अभ्यास गरेको छ ।

मनसुन भित्रिने क्रमसँगै त्यसबाट जनजीवन प्रभावित हुन सक्ने सम्भावनालाई ध्यानमा राखेर सशस्त्र प्रहरीले विदुर नगरपालिका– ९ को माछापोखरीस्थित सिलट्याङ्की बाँध क्षेत्रमा मंगलबार मनसुनजन्य विपत् उद्धारसम्बन्धी कृत्रिम घटना अभ्यास गरेका थिए ।

विपद् प्रतिकार्य पूर्वतयारी अभ्यासमा सिलट्याङ्कीको बाँधमा खसेका दुईजनालाई बचाउनका लागि सशस्त्रले उद्धार सामग्रीको सहायताले उद्धार गरेको घटना अभ्यास गरिएको सशस्त्र प्रहरी बल नुवाकोटका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक रामकुमार खिउजूले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ