८ जेठ, बिदुर । नुवाकोटका डा. अरविन्द्र खड्काले दोस्रो पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।
बिदुर नगरपालिका-२ बोहरापानी निवासीका खड्काले सेभेन समिट ट्रेक्सको १७ जनाको टोलीमा सम्मिलित भएर आईतबार सगरमाथाको चुचुरोमा पुगेका हुन् ।
खड्काले यसअघि २०७९ सालमा पनि सगरमाथाको सफल आरोहण गरेका थिए ।
हिमनदीहरुको अध्ययन अनुसन्धानमा क्रियाशिल भैरबी माध्यमिक विद्यालय नुवाकोटका पूर्व विद्यार्थी खड्काले सोही बिषयमा विद्यावारिधी समेत प्राप्त गरेका छन् ।
प्रतिक्रिया