३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद् डा.शशांक कोइरालाले लेखक तथा साहित्यकार श्रीराम श्रेष्ठद्वारा लिखित नियात्रा सङ्ग्रह ‘यात्राको तस्बिर’को लोकर्पण गरेका छन् ।
श्रेष्ठको २७ औं प्रकाशित कृति महाराजगञ्जस्थित निवासमा एक कार्यक्रमका बीच सङ्ग्रहको विमोचन गरेका हुन् ।
श्रेष्ठले विभिन्न क्षेत्रको भ्रमणका क्रममा देखे भोगेका अनुभव अनुभूतिहरुलाई नियात्राको रुपमा तयार पारिएका १७ शीर्षकका नियात्रा पुस्तकमा प्रस्तुत गरिएको छ ।
यसअघि पहिलो नियात्रा सङ्ग्रह ‘अनुभूति अनेक–२०७०,’ प्रकाशित थियो । उक्त कृति नुवाकोट साहित्य प्रतिष्ठानले प्रकाशन गरेको हो ।
नुवाकोटको विदुरमा वि.सं २०३१ सालमा जन्मिएका श्रेष्ठको हालसम्म केही नियात्रा सङ्ग्रह, जीवनी सङ्ग्रह, कविता, समीक्षा, अनुसन्धानात्मक पुस्तकका साथै जापानिज साहित्यका हाइकु, तान्का, कटौता, सेदोका, डोडोइट्सु, मन्डो र कोरियन साहित्यका सिजो जस्ता विधाका अधिक पुस्तकहरु प्रकाशित छन् ।
प्रतिक्रिया