+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बेपत्ता एक बालिका मृत, अर्को अझै बेपत्ता

बेपत्ता एक बालिका मृत, अर्को अझै बेपत्ता
डबली खबर
११ महिना अगाडी

२ जेष्ठ, नुवाकोट – बेलकोटगढी नगरपालिका रातमाटेकी एक जना ११ वर्षीया स्कुले छात्रा बिहीवार मृत फेला परेकी छन्, जबकि अर्को अझै बेपत्ता छ।

स्थानीय कल्चौडेस्थित त्रिशूली नदीमा नुहाउने क्रममा बेपत्ता भएकी जेनी डंगोल र सदिक्षा राई मंगलबार नदीमा बगेर बेपत्ता भएकी थिइन्।

शिलादेवी माध्यमिक विद्यालयमा अध्ययन गर्ने दुवै जना मंगलबार बेलुकीदेखि त्रिशूली नदीमा बगेर बेपत्ता भएकोमा खोजी गर्ने क्रममा सदिक्षाको मृत शरिर बिहिबार फेला परेको प्रहरी नायव उपरीक्षक विक्रम लामाले जानकारी दिए । उनका अनुसार सदिक्षाको शव धादिङको सिद्धलेक-७ को आदमटारस्थित त्रिशूली नदी किनारमा ढुङ्गामा अड्किएको अवस्थामा फेला परेको हो ।

उनीहरूको खोजीमा चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरीका १० जना गोताखोर परिचालन गरिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ